२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

मेयर बालेनले किन भेटे उपप्रधानमन्त्री सिंहलाई ?

draupadi film
मध्यान्ह
२०८१ मंसिर १३ गते १५:१९
मेयर बालेनले किन भेटे उपप्रधानमन्त्री सिंहलाई ?

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटेका छन् । 

काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष हिरालाल तण्डुकारको समन्वयमा उपप्रधानमन्त्री सिंह र मेयर बालेनबीच केही दिन अधि भेटघाट भएको हो । 
उनीहरूबीच महानगरपालिकाभित्रको फोहोरमैला व्यवस्थापन, सहरी व्यवस्थापन, सौन्दर्यीकरण र संघीय सरकार तथा महानगरपालिकाबीच समन्वयको विषयमा छलफल भएको छ ।

उनीहरूबीच केही दिन अघि भेटघाट भएपनि त्यसको तस्विर वडाध्यक्ष तण्डुकारले बुधवार समाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।

दरबारमार्गमा एमालेले फोहोर गरेको विषयमा मेयर बालेन र एमालेबीच द्वन्द्व चलेको छ । एमालेको जागरण सभामा फोहोर जम्मा भएको भन्दै महानगरले एमालेलाई १ लाख जरिवाना तिराएको छ । तर, एमालेले उक्त जरिवाना नतिर्ने बताउँदै आएको छ । 


 

ADV

सम्बन्धित खबर

Advertise