२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

प्रतिफल दिन नसक्ने विद्यालयलाई मर्ज प्रक्रियामा लैजान्छौं : प्रमुख थापा

draupadi film
सरु भुसाल
२०८१ पुष २ गते २१:४०
प्रतिफल दिन नसक्ने विद्यालयलाई मर्ज प्रक्रियामा लैजान्छौं : प्रमुख थापा

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर २ मा रहेको भगवती माध्यमिक विद्यालय ढाकावाङ्गको ६३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापाले विगतका वर्षहरुमा भन्दा यस वर्ष विद्यालयको वार्षिक रिजल्टमा प्रगति भएको बताउँदै नगरपालिकाभित्र शैक्षिक क्षेत्रको सुधार विस्तार सोचे अनुसार हुन नसकेको बताए । 

नगर प्रमुख थापाले देशनै अहिले विद्यार्थी विहीन स्थितिमा पुग्न लागेको भन्दै  शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सके मात्र मुलुकको परिवर्तन सम्भव रहेको बताए । 

थापाले भूमिकास्थान नगरपालिकाले शिक्षाको क्षेत्रमा गरेको लगानी अनुसार प्रतिफल दिन नसकेकोले अब प्रतिफल दिन नसक्ने विद्यालय मर्जप्रक्रिया अगाडि बढाउने बताए । 

उनले शिक्षा क्षेत्रको सुधार आफुहरुले मात्रै चाहेर सम्भव नभएकोले सरोकारवालाका बीचमा नगरस्तरिय शैक्षिक सुधारका लागि व्यापक छलफल आवश्यक रहेको बताए । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने थुप्रै आधार भएकाले हरेक शिक्षकहरुका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने वातावरण सिर्जना गर्न सक्नुपर्नेमा उनले जोड दिए । सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन चुनौती रहेको बताउँदै उनले स्थानीय तहले मात्र नभइ अभिभावक, शिक्षाप्रेमी र विद्यालयको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने भएकाले विद्यार्थीलाई आकर्षण गर्ने वातावरण तयार गर्न सबैलाई अनुरोध गरे  । नगरपालिका शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताउँदै यसका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नुपर्ने  थापाले बताए ।  

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका शिक्षा अधिकृत टुवलाल सापकोटाले  नगरस्तरिय शैक्षिक अवस्था सुधार गर्न धेरै नै मिहिनेत गरिएको बताए । 

कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक कमल प्रसाद खनाल, विश्व माविका पूर्व प्रधानाध्यापक जुमलाल खनाल, अभिभावक संघका अध्यक्ष राजु सुनार, वडा सदस्य नारायण प्रसाद खनाल, शैक्षिक व्यक्तित्व जीव नारायण खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए  ।

कार्यक्रममा  विद्यालयका कक्षा १ देखि १० सम्मका कक्षा प्रथम, द्धितीय तथा तृतीय हुने अनुसाशित  र जेहनदार  विद्यार्थीहरुलाई स्वर्गिय काबेरी खनाल र फर्सुराम खनाल अक्षयकोषबाट पुरस्कार वितरण गरिएको थियोे  । 

हाल विद्यालयमा २३९ जना  विद्यार्थीहरु अध्ययनरत छन् भने १२ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक बिष्णु प्रसाद बेल्वासेले वार्षिक प्रगति प्रतिवेदनसँगै विद्यालयको अवस्थाको बारेमा जानकारी प्रस्तुत गरेका थिए । 


 

ADV

सम्बन्धित खबर

Advertise