२०८१ पुष २१ गते आइतवार / Jan 05 , 2025 , Sunday
२०८१ पुष २१ गते आइतवार
Ads

सडक स्तरोन्नतिमा ध्यान दिन सरकार र जनप्रतिनिधिलाई महरको आग्रह

ADV
सत्यराज सिंह
२०८१ पुष १९ गते ११:५९
सडक स्तरोन्नतिमा ध्यान दिन सरकार र जनप्रतिनिधिलाई महरको आग्रह

बझाङ : बिहीबार बझाङको मष्टा र तल्कोट गाउँपालिकामा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ कोटदेवलमा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप दुर्घटना परेर मष्टा गाउँपालिका–१ रनाडा घर भएका चालक ४२ वर्षीय धर्म थापाको मृत्यु भएको छ ।

त्यसैगरी, तल्कोट गाउँपालिका–२ स्थित धमेनामा से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना परेर ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर केदारस्युँ गाउँपालिका–१ रायलका जीप चालक ३२ वर्षीय समशेर मल्ल, तलकोट गाउँपालिका–४ घर भएका ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ बर्षीय आमा जौमती देवी धामी र उनकी ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको हो ।

ग्रामीण क्षेत्रमा सडक दुर्घटना बढ्दै गएपछि नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला प्रतिनिधिसभा इन्चार्ज ऐन महरले यस घटनामा गहिरो शोक व्यक्त गर्दै सडक स्तरोन्नतिमा सरकार र जनप्रतिनिधिहरुलाई ध्यान दिन आग्रह गरेका छन् ।

एमालेका केन्द्रीय सदस्य महरले सरकार र सम्बन्धित निकायलाई देशभरका ज्यानमारा सडकहरूको सुधारमा तात्कालीन कदम चाल्न आग्रह गरेका छन् । महरले भने, ‘यस प्रकारका दुर्घटनामा अझै कति जनाको ज्यान जाने हो । ग्रामीण सडकमा दिनहुँ यस्ता दुर्घटनाका खबर आइरहन्छन् । सडकको सुरक्षा मर्मत र सुधारका लागि सरकार र जनप्रतिनिधिहरूले यस विषयमा संवेदनशील भएर काम गर्नुपर्छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise