२०८१ पुष २३ गते मङ्गलवार / Jan 07 , 2025 , Tuesday
२०८१ पुष २३ गते मङ्गलवार
Ads

जाडो बढेपछि विद्यालयमा बिदा

ADV
मध्यान्ह
२०८१ पुष २१ गते १९:१३
जाडो बढेपछि विद्यालयमा बिदा

कपिलवस्तु : चिसो बढेपछि कपिलवस्तुका ६ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । आइतबारदेखि स्थानीय तहमा संचालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिइएको हो ।

कपिलवस्तु र शिवराज नगरपालिकाले २१ पुसदेखि ४ माघसम्म बिदा दिएका छन् भने शुद्धोधन गाउँपालिकाले २१ पुसदेखि २९ पुससम्म र मायादेवी गाउँपालिकाले २१ पुसदेखि ८ माघसम्म बिदा दिएको छ । 

त्यस्तै बुद्धभूमि नगरपालिकाले २१ पुसदेखि ११ माघसम्म तथा यशोधरा गाउँपालिकाले २१ पुसदेखि ४ माघसम्म बिदा दिएको छ ।

हिउँदे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिइएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताए । ५÷६ दिनदेखि घाम नलागेर कठ्यांग्रिने चिसो बढेपछि विद्यालय बन्द गरिएको हो । दिउँसोसम्म हुस्सु लाग्दा हिँडडुल गर्न समस्या पर्ने र बालबालिकालाई विद्यालय आउन जान असहज हुने भएकाले बिदा दिइएको कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि पराजुलीले बताए ।

तराईमा बाक्लो हुस्सुका कारण विद्यालयका सवारी साधन चलाउनसमेत समस्या भएकाले जाडो बिदाका रूपमा विद्यालय बन्द गरिएको हो । जाडो बढेपछि जिल्लाका मुख्य बजारमा खासै चहलपहल छैन । सर्वसाधारण चोकचोकमा आगो तापेर बसिरहेका छन् । मानिस घरैभित्रै खुम्चिएर बसेका छन् । अत्यावश्यक कामबाहेक मानिसहरू घरबाहिर निस्किएका छैनन् ।
 

ADVADV

सम्बन्धित खबर

Advertise