वीरगंज : प्रहरीले वीरगन्जमा ७५ बोरा भारतीय चामल बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा मंगलबार वीरगंज–६ मीनाबजारस्थित आलुको गोदाममा अवैधरूपमा भण्डारण गरि राखिएको आलु गोदाममा छापा मारेर ७५ बोरा चामल बरामद भएको प्रहरीले जनाएको छ ।
मिना बजारस्थित आलु गोदाममा अवैध रूपमा भण्डारण गरिएको अवस्थामा विभिन्न ब्राण्डका ७५ बोरा भारतीय चामल बरामद गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईको जानकारी दिए । बरामद चामलको बजार मूल्य २ लाख रुपैयाँ भन्दा बढी छ । बरामद चामल वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।
यसका साथै वीरगन्जका विभिन्न स्थानमा भारतबाट तस्करी गरि ल्याइएका कपडा, स्पेयर पाट्र्स, ड्राइफुड्स, जुत्ता गरी २५ लाख मूल्यको अरु सामान पनि प्रहरीले बरामद गरेको छ ।