२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

सात सय वर्ष पुरानो इँटा भेटियो

ADV
मध्यान्ह
२०८१ पुष २३ गते १७:२७
सात सय वर्ष पुरानो इँटा भेटियो

रौतहट :  गौर नगरपालिका–२ मा रहेको पुरानो बानेश्वरनाथ महादेव मन्दिरको परिसरमा करिब सात सय वर्ष पुरानो संरचना भेटिएको छ । 

पुरातत्व विभाग र गौर नगरपालिकाको समन्वयमा भइरहेको उत्खनन तथा अध्ययनको क्रममा चालिस इन्च चौडाइ गारो भएको घरको संरचना फेला परेको छ ।

पुरातत्व विभागका पुरातत्वविद् देवेन्द्रनाथ तिवारीको नेतृत्वमा गत दुई हप्तादेखि भइरहेको अध्ययन, अनुसन्धान तथा उत्खननको क्रममा शताब्दियौँ पुरानो संरचना फेला परेको हो । तिवारीले उत्खनन्को क्रममा नेपालमै पहिलो पटक इँटामा मानिसको हातको औँलाको छाप भएको इँटा भेटिएको बताए ।

तिवारीले भने, ‘नेपालकै लागि यो एउटा उपलब्धि हो । अहिलेसम्म नेपालमा आफूले कुनै पनि संरचनामा यस्तो छाप देखेका छैनौं ।’
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले विगत दुई वर्षदेखि पुरातात्विक विभागमा उत्खनन्का लागि औपचारिक प्रयास गरेका थिए । नगरपालिकाकै लगानीमा पुरातत्व विभागले अध्ययन तथा उत्खनन गरिरहेको छ ।

उत्खनन गर्दा सिमरौनगढकै राजाको समयका इँटाहरू भेटिएको छ । स्थानीयले यक्त इँटा राजा सेवई सिंहको पालामा बनेको महादेव मन्दिर रहेको बताउने गरेका छन् । मन्दिरको ऐतिहासिकताको विषयमा ठोस कुरा जान्नुपर्ने माग उठेपछि नगर परिषद्बाट पास गराएर नगर प्रमुख साहले औपचारिक अनुसन्धान सुरु गराएका हुन् ।

पुरातात्वविद् तिवारीले उत्खननका क्रममा महत्वपूर्ण उपलब्धिहरू प्राप्त भएको बताए । चार फिट तल उत्खनन् गर्दा गारो फेला परेको छ । त्यसमा प्रयोग भएको इँटा २८ सेन्टिमिटर लम्बाई, २० सेन्टिमिटर चौडाइ र ६ सेन्टिमिटर बाक्लो रहेको जानकारी दिँदै यो इँटा सिम्रौनगढको तत्कालीन साम्राज्यका समयका झण्डै सात सय वर्ष पुरानो इँटा रहेको उनले स्पष्ट पारे ।

मन्दिरको पछाडि विश्वकर्मा मन्दिरको दक्षिण तर्फ उत्खनन् गर्दा पाँच दिनसम्म खास केही नभेटिएको तर त्यसपछि महत्वपूर्ण अवशेषहरू भेटाउन थालेको उनले बताए । बाटो छेउमा खन्दा माटोका पुतलाहरू प्रशस्त पाइएको र मन्दिरको पूर्वतर्फ अगाडी पट्टी चार फिट खन्दा सात सय वर्ष पुरानो इँटाले बनाइएको गारो भेटिएको तिवारीले बताए । 
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise