२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

शीतलहर चलेपछि महोत्तरीमा विद्यालय बन्द

ADV
मध्यान्ह
२०८१ पुष २४ गते १६:४३
शीतलहर चलेपछि महोत्तरीमा विद्यालय बन्द

महोत्तरी: शीतलहर र अत्यधिक चिसो भएको भन्दै  महोत्तरीका ९ वटा पालिकामा विद्यालय बिदा दिइएको छ । मंगलवारदेखि शीतलहर र बाक्लो हुस्सुसँगै चिसो हावा चल्न थालेपछि पालिकाहरूले विद्यालय धमाधम बिदा दिन थालेका जिल्ला शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीले जनाएको छ ।

९ वटा पालिकाले एक हप्ताको जाडो बिदा दिँदै विद्यालय बन्द गरेका समन्वय इकाई प्रमुख रेबिका अमात्यले जानकारी दिइन् । मनरा शिसवा, जलेश्वर, लोहरपट्टी, बलवा, भंगाहा नगरपालिका र सोनमा, महोत्तरी, पिपरा र एकडारा गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्न सक्ने भन्दै बन्द भएका पालिकाका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय एक हप्ता बन्द रहने पालिकाहरूले विज्ञप्ति मार्फत जनाएका छन् ।

अचानक बढेको चिसो र शीतलहरले जिल्लामा जनजीवन प्रभावित भएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise