२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

सिद्धबाबा सुरुङ ८ माघमा ‘ब्रेक थ्रु’ गरिने

ADV
मध्यान्ह
२०८१ पुष २४ गते १६:५३
सिद्धबाबा सुरुङ ८ माघमा ‘ब्रेक थ्रु’ गरिने

काठमाडौं : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्ग अब ७.८ मिटर मात्र खन्न बाँकी रहेको छ । ‘ब्रेक थ्रु’ का लागि डेढ मिटर खन्न बाँकी राखिने सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिने सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए । ‘सुरुमा ‘ब्रेक थ्रु’ २ माघ २ गते तयारी थियो तर उक्त मितिमा प्रधानमन्त्रीको समय नमिल्ने भएकाले ८ माघमा सारिएको हो ।

आपत्कालीन द्वारका रूपमा तीन वटा ‘क्रस प्यासेज’ निर्माण गरिएको छ । तीनवटै क्रस प्यासेजको ‘ब्रेक थ्रु’ भइसकेको छ । उक्त क्रस प्यासेजहरूको कुल दूरी ४ सय ४१ मिटर छ । मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । डेढ मिटर खन्न बाँकी राखेर त्यसबीचमा विस्फोटक गराएर निस्किएको ढुंगा माटो सफा गरिने निर्देशक झाले बताए ।

सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने यसको निर्माण गरिएको हो । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घट्ना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । यस खण्डको चार किमि पहिरो आउने क्षेत्रभित्र पर्छ । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । अहिलेसम्म समग्र आयोजनाको प्रगति ३८.८५ प्रतिशत छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise