२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

उमागौरी कृषि सहकारी प्रकरण : लेखा समिति सभापति पोखरेलपत्नी अञ्जलालाई धरौटीमा छाड्न आदेश

draupadi film
मध्यान्ह
२०८१ पुष २४ गते १७:३८
उमागौरी कृषि सहकारी प्रकरण : लेखा समिति सभापति पोखरेलपत्नी अञ्जलालाई धरौटीमा छाड्न आदेश

काठमाडौं : प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न मोरङ जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले अन्जलालाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सहकारी ठगीको अभियोगमा मुद्दा चलाइएपछि बुधबार अदालतमा उपस्थित भएकी उनलाई जिल्ला अदालतले थुनामा बस्नु नपर्ने गरी आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

अदालतमा हाजिर भएपछि उनको बुधवार बयान लिइएको थियो । त्यसपछि सरकारी वकिल र अभियुक्त दुवैतर्फबाट बहस चलेको थियो ।

मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा कोइराला २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । सहकारीमा अन्जला २०७२÷०७३ देखि सञ्चालक समितिमा थिइन् ।

२२ करोड २८ लाख २७ हजार ७ सय रकम अपचलन भएको दाबी अभियोगपत्रमा गरिएको छ ।  अन्जलाको तर्फबाट बुधबार ९ जना वरिष्ठ अधिवक्तासहित ११ जनाले बहस गरेका थिए । 

यस मुद्दामा रंगेली–२ का वडाध्यक्ष सन्तलाल खवास यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । अध्यक्ष शम्भु रौनियारसहित २४ अभियुक्त फरार छन् ।

त्यस अघि भएको बहसमा मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासमा अभियोग पत्रमा उल्लेख भएका केही विषयलाई सरकारी वकिललाई न्यायाधीशले प्रस्ट्याउन भनेका थिए ।

कोइरालाको तर्फबाट बहस गरेका कानुन व्यवसायीले जति कसुर गरेको हो, त्यति मात्र सजाय हुनुपर्नेमा गोलमोटल अभियोग लगाइएको तर्क गरे ।

भगीरथ खनाल एन्ड एसोसिएट्सको लेखापरीक्षण प्रतिवेदनमा कुनै पनि ठाउँमा अन्जलाले रकम अपचलन गरेको भन्ने नदेखिएको, २० जनाको जाहेरीमा कहीँकतै पनि अन्जलाको विरुद्धमा किटानी नभएको तथा १९ जनाले गरेको कागजमा समेत नदेखिएकोले सहकारीको रकम हिनामिना तथा अपचलनमा अञ्जलताको कुनै संलग्नता नरहेको दाबी उनका कानुन व्यवसायीले गरेका थिए ।

‘कुनै पनि कम्पनीको सेयर भनेको लगानीकर्ता हुन्, लगानीकर्ताको डुबेको रकममा अरूको दायित्व नहुने भएकोले दाबी नै गलत’ भनी उनका वकिलले जिकिर गरे ।
 

ADV

सम्बन्धित खबर

Advertise