२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

नेपाली सेनाले फोटो प्रदर्शनी गर्दै

Nada
२०८१ माघ ४ गते १८:४५
Shares
नेपाली सेनाले फोटो प्रदर्शनी गर्दै


काठमाडौं : सेना दिवसले ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी’ आयोजना गर्ने भएको छ ।

ncell

सेना दिवसको अवसरमा १५ माघदेखि १८ गतेसम्म जङ्गीअड्डामा फोटो प्रदर्शनी हुन लागेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार, उपकरणलगायत सामग्री प्रदर्शन गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा सैनिक पोशाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयलगायत विविध गतिविधिको प्रदर्शनी हुनेछ ।

आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको सेनाले जनाएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर