रुकुम पश्चिम : रुकुम पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् l
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ घोरखानी निवासी ६७ वर्षीया झुपा देवी रोकाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले बताए ।
बिहीबार बिहान मकै गोड्न बारीमा गएको बेला लत्रिएको विद्युतको तारले उनलाई करेन्ट लागेको थियो । उनका अनुसार करेन्ट लागेर सोही ठाउँका ६० वर्षीया शुसीला ओली र ३२ वर्षीया जमुना बुढाथोकी घाइते भएका छन् ।
रोकालाई करेन्ट लागेपछि तान्न गएका ओली र बुढाथोकी घाइते भएको प्रहरीको भनाइ छ । दुवै जना घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।