काठमाडौं : लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । कोभिड–१९ कारण उत्पन्न जोखिमलाई ध्यानमा राखि आवश्यक सुरक्षाका मापदण्डहरु अपनाई, भर्चुवल प्रविधीलाई समेत उपयोग गरी सभा सम्पन्न गरिएको हो ।
सभाले कम्पनीका अध्यक्ष मनोहर दास मूलद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित गरेको छ । सभाले आ.ब. २०७५/०७६ को मुनाफाबाट बिगतमा कम्पनीले जारी गरेको २०% हकप्रद शेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पूंजी रु. १ अर्ब ५ करोड ६० लाखको ८.१२५% ले हुन आउने खुद रु. ८ करोड ५८ लाख बराबरको बोनस शेयर वितरण गर्ने र सो बाहेक कर प्रयोजनको लागि रु. ४२ लाख ९० हजार बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साथै सभामार्फत सर्वसाधारण शेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराई आगामी चार बर्षको लागि निर्बिरोध निर्वाचित भएका छन् । आ.ब. २०७५÷०७६ मा अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ८% ले बृद्धि भई रु. १ अर्ब ३६ करोड बीमाशुल्क आर्जन भएको जानकारी सभामा गराइयो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies