भारत : भारतमा कोरोना संक्रमितलाई अक्सिजन अभाव भएको छ । संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको, तर अक्सिजन उत्पादन बढाउन नसकेकाले बिरामीको उपचारमा समस्या भएको हो । महाराष्ट्र लगायतका राज्यमा संक्रमित बिरामीहरु अक्सिजन अभावको समस्या भोगिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गम्भीर स्थितिमा पुगेका बिरामीहरुलाई अक्सिजनको सहारामा भेन्टिलेटरमा राख्नुपर्ने भएपनि अक्सिजन अभाव हुँदा समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । भारतमा अहिलेसम्म ८ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् ।
अस्पताल र हेरचाह केन्द्रहरुमा दैनिक करिब १३ सय टन अक्सिजन आवश्यक पर्ने भएपनि महामारी अघि ९ सय टन मात्रै मौज्दात थियो । भारतमा उत्पादन हुने अक्सिजनको १५ प्रतिशत मात्रै अस्पतालमा र बाँकी स्टील र अटोमोबाइल उद्योगहरुमा प्रयोग हुने गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies