२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

रामेछापको खिम्तिमा बस दुर्घटना, १० जना घाइते 

shivam cement
२०८१ असार १४ गते १२:०३
Shares
रामेछापको खिम्तिमा बस दुर्घटना, १० जना घाइते 

काठमाडौँ : रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिको बिर्ता लामपानीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

लिखु तामाकोसी गाउँपालिकाको गैरीबाट काठमाडौं आउँदै गरेको गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट तल खसेर रुखमा अडिएको छ । 

बसको बाँया तर्फको टायर फिलिङ गरेको माटोमा फस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारको लागि मन्थली ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 

सम्बन्धित खबर