२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

प्रधानमन्त्रीद्वारा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान

shivam cement
२०८१ माघ २७ गते १२:१७
Shares
प्रधानमन्त्रीद्वारा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरेका छन् । साँझ ५ बजे बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

नेताहरुका अनुसार बैठकमा सरकारले ल्याएको अध्यादेशलगायत विषयमा छलफल हुनेछ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।

तर राष्ट्रियसभामा बहुमत नपुग्दा सरकारले ल्याएको अध्यादेश सदनमा निर्णयार्थ पेश हुन सकेको छैन । 

नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले कांग्रेस-एमाले गठबन्धन सरकारलाई सहजिकरण गर्दै आएको छ ।

सम्बन्धित खबर