काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको हो ।
भूमिसम्बन्धी अध्यादेश भूमाफियाहरूको पक्षमा रहेको भन्दै जसपाले समर्थन नगर्ने निर्णय गरेको हो । अन्य ५ वटा अध्यादेशमा भने जसपा नेपालले सरकारलाई समर्थन गर्नेछ । सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो ।