२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

दैलेखमा जिप दुर्घटना : ९ जना घाइते, दुईको अवस्था गम्भीर

ADV
कुलेन्द्र शाही
२०८१ असार १४ गते १७:३३
दैलेखमा जिप दुर्घटना : ९ जना घाइते, दुईको अवस्था गम्भीर

सुर्खेत : दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्रबार दिउँसो साढे २ बजे जिप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका वडा नम्बर ५ धितामा दुर्घटनामा परेको हो । 

उक्त जिप दुर्घटना हुँदा जिपमा सवार ९ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी डीएसपी सुनिल दाहालले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये ७ जनाको जल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ भने गम्भीर घाइते दुई जनालाई रिफर गर्ने तयारी रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise