२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

सुदूरपश्चिममा विषयगत समितिका सभापतिहरूको निर्वाचन आइतबार

hardik ivf
मध्यान्ह
२०८१ फागुन २ गते १६:३४
सुदूरपश्चिममा विषयगत समितिका सभापतिहरूको निर्वाचन आइतबार

धनगढी : जेष्ठ सदस्यको भरमा चलेको १ वर्षपछि सुदूरपश्चिम प्रदेश सभाको विषयगत समितिका सभापतिहरूको निर्वाचन हुने भएको छ । निर्वाचनको कार्यतालिका पनि सार्वजनिक भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गरेको हो ।

प्रदेश सभा नियमावली, २०५० को नियम १५५ बमोजिम गत वर्ष १८ माघमा विषयगत समितिहरूको सभापतिहरूको निर्वाचन तोकिएपनि हुन सकेको थिएन ।

प्रदेश सभा अन्तरगतका सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिका सभापतिहरुको निर्वाचनको मिति तोकिएकोमा विशेष कारणले तोकिएको समयमा निर्वाचन कार्यक्रम सम्पन्न हुन नसकि स्थगित भएको थियो । उक्त विषयगत समितिका सभापतिहरूको निर्वाचन आइतबार हुनेछ ।

गत महिना भएको सहमति अनुसार प्रदेश सभाका चार विषयगत समितिको सभापति सर्वसम्मत रूपमा चयन हुनेछन् । माओवादीको भागमा परेका लेखा समितिमा अक्कल रावल, विषेशाधिकार समितिमा कांग्रेसकी तुलसी देवकोटा, सामाजिक विकासमा एमालेका धर्मराज पाठक र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्तिका घनश्याम चौधरीले उम्मेदवारी दिने कार्यक्रम छ । उनीहरू निर्विरोध निर्वाचित हुनेछन् ।
 

ADV

सम्बन्धित खबर

Advertise