२०८१ फागुन ८ गते बिहिवार / Feb 20 , 2025 , Thursday
२०८१ फागुन ८ गते बिहिवार
Ads

उत्पादन र श्रमसँग शिक्षालाई जोड्न आवश्यक : विप्लव

hardik ivf
सुर्य प्रकाश बुढा मगर
२०८१ फागुन ३ गते २२:१८
उत्पादन र श्रमसँग शिक्षालाई जोड्न आवश्यक : विप्लव

रोल्पा : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले उत्पादन र श्रमसँग शिक्षालाई जोड्न आवश्यकता रहेको बताएका छन् । 

परिवर्तन गाउँपालिका–५ मा रहेको रोल्पा नमूना क्याम्पसको उद्घाटन कार्यक्रममा उनले प्राविधिक शिक्षासँग जोडिएर यहाँ उत्पादन हुने कृषि, व्यापार र व्यवसायिक रुपमा जोडिन आग्रह गरे । 

उत्पादन र श्रमसँग जोडिएपछि आर्थिक रूपमा समेत विद्यार्थी सम्पन्न हुने र देशमै दक्ष जनशक्ति उत्पादन हुने उनले बताए । 

अहिले नेपालको ठूलो समस्या युवा पलायन रहेको बताउँदै उनले एसईई तथा प्लस टु गरेपछि अमेरिका, अष्ट्रेलिया, जापान अध्ययन गर्न र रोजगारीको लागि जाने गरेको बताए । उनले अब स्वदेश फर्कने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

आफ्नो देशमा उत्पादनसँग जोडिएमा कसैलाई चन्दा माग्ने अवस्था नभएको बताउँदै अबको केही समयमा नेकपा आफ्नो निर्भर पार्टी बन्ने समेत उनले जिकिर गरे ।

जनतालाई पैसा कमाउने उपाय सिकाउन उत्पादनमा क्रान्ति, कृषिमा क्रान्ति र अर्थतन्त्रमा अर्को क्रान्ति आवश्यक रहेको उनले औंल्याए । नेपाली जनताको सुख शान्ति समृद्धि,विकास निर्माण र देशको विकासका लागि नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा केही नभनी साझा एजेन्डामा एकजुट हुनुपर्नेमा उनको जोड थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise