काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । दिउसाे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा सम्बोधन गर्न प्रधानमन्त्री त्यसतर्फ जाने तयारी भएकाे उनकाे सचिवालयले जनाएको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम प्रदेशसभामा विशेष सम्बोधनका लागि निमन्त्रणा गरिएको हो ।
ओलीले आजै दिउँसो नेकपा एमाले दाङले घोराहीमा आयोजना गर्न लागेको जनसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि तुल्सीपुरमा रहेको एक होटेलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।