२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

प्रदेशको समृद्धि मुख्यमन्त्रीको मूल लक्ष्य

hardik ivf
मध्यान्ह
२०८१ फागुन ७ गते ११:०२
प्रदेशको समृद्धि मुख्यमन्त्रीको मूल लक्ष्य

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धिलाई आफूले मूल लक्ष्य बनाएर तदनुरुप काम गरिरहेको बताएका छन् । 

पचहत्तरौँं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकार मूल समारोह समितिले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेशको समग्र विकास नै प्रदेश सरकारको लक्ष्य भएको बताए । 

उनले भने,–“प्रदेशवासीका आवश्यकता चाहनालाई केन्द्रविन्दुमा राखेर प्रदेशको दिगो आर्थिक, सामाजिक तथा पूर्वाधार विकासतर्फ लक्ष्यित भइ चालु आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट तय भएको छ । सङ्घबाट अधिकार प्रत्यायोजन नहुँदा प्रदेश सरकारले जनताका आवश्यकता सम्बोधन गर्न केही कठिनाइ भएको छ । ”

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले  समृद्धिका लागि तीनै तहका सरकारले जनता केन्द्रित भएर काम गर्नु आजको आवश्यकता भएको बताए । उनले भने, “संविधानको कार्यान्वयन, जनताका विकास निर्माणका चाहना पूरा गर्न समाजका हरेक वर्ग एकताबद्ध भएर लाग्नुपर्ने बेला आएको छ ।”

ADV

सम्बन्धित खबर

Advertise