२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

अबको राजनीतिक स्थिरताको जगमा आर्थिक क्रान्ति गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

hardik ivf
मध्यान्ह
२०८१ फागुन ७ गते १४:१३
अबको राजनीतिक स्थिरताको जगमा आर्थिक क्रान्ति गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

बर्दिया : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थीरताको जगमा आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन् । 

प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्ने बताएका हुन् । 

उपप्रधानमन्त्री सिंहले २००७ सालको क्रान्ति कांग्रेसले गरेको चर्चा गर्दै २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि कांग्रेसकै नेतृत्वमै जारी भएको भन्दै अबको कार्यभार संविधानलाई संस्थागत गर्दै जनताको जीवन  र जिविकोपार्जन सहज बनाउनु रहेको बताए । 

अहिलेको व्यवस्था लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै अधिकारसँगै सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेर बलियो बनाउनुपर्नेमा पनि सिंहले जोड दिए । 

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले आन्तरिक रूपमा लोकतन्त्रको अभ्यास गर्दा अग्रजहरूले सिकाएको राजनीतिक संस्कार आत्मसाथ गर्नुपर्ने सिंहको भनाइ थियो । उनले पार्टी संगठनलाई सुदृढ बनाउनका लागि लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise