२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

राप्रपाद्वारा आन्दोलन आह्वान

shivam cement
२०८१ फागुन ७ गते १७:४१
Shares
राप्रपाद्वारा आन्दोलन आह्वान

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनको आह्वान गरेको छ । बुधबार राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाले एक वक्तव्य जारी गर्दै देशलाई विद्यमान विकराल अवस्थाबाट बाहिर ल्याएर संकटमुक्त राख्न आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न र देशको उन्नतिका खातिर नेपालीहरूलाई साथ दिन आह्वान गरेको कुरामा समर्थन जनाउँदै राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोधका साथ आह्वान गरेका हुन् ।

उनले जारी गरेको वक्तव्यमा लेखिएको छ, ‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा राजा ज्ञानेन्द्रबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धी र उन्नतिका लागि सबै नेपालीलाई साथ दिन आह्वान भएको छ । देशको वर्तमान स्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ चिन्तन र सक्रियताका लागि राजा ज्ञानेन्द्रबाट आएको सकारात्मक अभिव्यक्तिको म स्वागत गर्दछु । यही परिप्रेक्ष्यमा देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोधका साथ आह्वान गर्दछु ।'

 

ताजा खबर

सम्बन्धित खबर