२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

२८ वर्षपछि प्रजातन्त्र सेनानी संघको दोस्रो महाधिवेशन

hardik ivf
मध्यान्ह
२०८१ फागुन ७ गते २१:५९
२८ वर्षपछि प्रजातन्त्र सेनानी संघको दोस्रो महाधिवेशन

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो मधिवेशन सुरु भएको छ ।  संघ गठन भएको २८ वर्षपछि दोस्रो महाधिवेशन भएको हो । २०५३ सालमा गठन गरिएको उक्त संगठनको दोस्रो महाधिवेशन ०५६ मा हुनुपर्ने भएपनि हालसम्मको पार्टी नेतृत्वले तदर्थ समिति बनाउँदै म्याद थप गरेर राखेको थियो । 

फागुुन ७ देखि १० मा हुने महाधिवेशनको उद्घाटन बुधबार पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । २०५३ मा पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारीको कार्यकाल सकिएसँगै यो संगठन गुमनाम थियो । १२ मंसिर २०८० मा पार्टी सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण दहाललाई संघको अध्यक्ष मनोनित गरेसँगै संघले आफ्नो गति बढाएको हो । देशभित्र छरिएर रहेका प्रजातान्त्रिक योद्धा तथा अमर शहीद परिवारका सन्नतिहरूलाई संगठित गरी पार्टीलाई सहयोग पु¥याउन यो संघलाई भातृसंगठनको मान्यता दिएको थियो ।

७७ जिल्लामा नेपाल प्रजातन्त्र सेनानी संघको सदस्य संख्या ३ हजार २२८ रहेको छ । त्यसमध्ये ७५ जिल्लाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्न ४५७ महाधिवेशन प्रतिनिधिले भाग लिएको नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले बताए । 

मुस्ताङ र रूकुम पूर्वमा प्राविधिक कारणले अधिवेशन गर्न बाँकी रहेको संघले जनाएको छ । महाधिवेशन सम्पन्न गर्नका लागी अध्यक्ष दहालको संयोजकत्वमा संघका सबै केन्द्रीय सदस्यहरू तथा सात वटै प्रदेश अध्यक्षहरू सदस्य रहने गरी मूल समिति गठन गरी महाधिवेशलाई व्यवस्थित गरिएको दाहालले बताए । संघको नेतृत्व चयन १० गते हुनेछ ।    
 

ADV

सम्बन्धित खबर

Advertise