२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

८४ पछि पनि एमाले वा कांग्रेसको सरकार बन्छ : सचिव भट्टराई 

hardik ivf
मध्यान्ह
२०८१ फागुन ८ गते ११:२४
८४ पछि पनि एमाले वा कांग्रेसको सरकार बन्छ : सचिव भट्टराई 

सुर्खेत : नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि पनि एमाले वा कांग्रेसको सरकार बन्ने दाबी गरेका छन् । बिहीवार प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले ८४ पछि बहुमत ल्याएर एमाले वा कांग्रेसको सरकार हुने बताएका हुन् ।

'आगामी चुनावमा दलहरू एक्ला एक्लै चुनाव लड्नुपर्छ' उनले भने, ' एक्लै चुनाव लडेमा कांग्रेस कि एमालेको बहुमत आँउछ, त्यसैले ८४ पछि एमाले वा कांग्रेसको सरकार बन्छ ।'  उनले वर्तमान सरकार २०८४ मंसिर ४ गतेसम्म टिक्ने बताउँदै बाहिर मिडियामा सरकार फेरबदल हुने टिप्पणीमा आएपनि उक्त टिप्पणी सत्यता नभएको बताए । सचिव भट्टराईले अहिलेको सरकारले ल्याएको अध्यादेश जुनसुकै अवस्थामा पनि पास हुने बताए ।

उनले सामाजिक सञ्जाल विधयक हामीले नियमनको लागि ल्याएको बताए । कांग्रेस र एमाले एक ठाउँमा भएपछि कन्फिडेन्स आएको उनले बताए । सुर्खेत विमानस्थल विस्तारमा सरकारको जोड रहेको उनको भनाइ छ । विस्तारको लागि सरकारले बजेट विनियोजन गर्ने आश्वासन दिए । राजतन्त्र अन्त्य हुने बाध्यता स्वयम् ज्ञानेन्द्रले नै निम्ताएको उनले आरोप लगाए । प्रचण्ड जति उफ्रे पनि जाने ठाउँ कहीँ नभएको उनको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise