२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)

hardik ivf
मध्यान्ह
२०८१ फागुन ९ गते १८:१०
स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । ५ चैत ५मा हुने स्ववियु निर्वाचनका लागि त्रिविविले शुक्रबार कार्यतालिका सार्वजनिक गरेको हो ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले १९ फागुनदेखि ५ चैतसम्मको निर्वाचन कार्यतालिका बनाएको छ ।  
१९ फागुन दिउँसो ३ बजेसम्म संघ÷संगठन÷समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । त्यस्तै २१ फागुनमा मतदाता सूची प्रकाशित गरिने, २५ फागु्नमा मतदाता सूची उपर दाबी विरोध गर्ने, मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

त्यस्तै २७ फागुनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय तोकिएको छ । उम्मेदवारले २९ फागुन दिनको २ बजेदेखि २ चैत राति १२ बजेसम प्रचार प्रसार गर्न सक्नेछ भने त्यसपछि मौन अवधि सुरु हुनेछ । 
५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने छ ।


ADV

सम्बन्धित खबर

Advertise