२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

जैन मन्दिरमा महाआरती र धार्मिक कार्यक्रमको आयोजना

hardik ivf
मध्यान्ह
२०८१ फागुन ९ गते २२:१२
जैन मन्दिरमा महाआरती र धार्मिक कार्यक्रमको आयोजना

काठमाडौं : काठमाडौंको कमलपोखरीस्थित जैन मन्दिरमा आवार्य श्री सुनील सागरजी महाराज उपस्थितिमा महाआरती र विभिन्न धार्मिक कार्यक्रमको आयोजना भएको छ ।

आवार्य सागरजी महाराज अहिंसा रथ सत्य, अहिंसा, सदाचार तथा शाकाहारको सन्दर्भमा भारतको विभिन्न राज्यमा प्रचार प्रसार गर्दै काठमाडौं आगमनको अवसरमा महाआरती र धार्मिक कार्यक्रमको आयोजना भएको हो ।

जैन मन्दिर कमिटी तथा सामूहिक जिनेन्द्र आराधना संस्था नेपाल शाखाका अध्यक्ष सुभाष जैन सेठीका अनुसार यस अवसरमा श्री आदिनाथ भगवानको अभिषेक, शान्तिधारा र अहिंसा रथमा विराजित भगवान महावीरको अभिषेक र शान्तिधारा एवम् नित्य नियम पूजन पाठ गरिएको थियो ।

यस अवसरमा पञ्च परमेष्ठि, भगवान आदिनाथ, भगवान महावीरलाई ४८ दीपद्वारा महाआरती गरिएको थियो ।

अध्यक्ष सेठीले भगवान महावीरको सन्देशलाई जनजनसम्म पुर्‍याउने उद्देश्यले अहिंसा रथको आयोजना गरिएको जानकारी दिए ।

नेपाल जैन परिषदका अध्यक्ष विमलचन्द राखेचा,  नेपाल  अणुव्रत समितिका अध्यक्ष फूल कुमार लालवानीसहितले भगवान महावीरको सन्देश र अहिंसा रथद्वारा जैन धर्मको प्रभावनाका विषयमा मन्तव्य प्रकट गरे ।

यसैगरी, पप्पू भैयाजीले पनि आचार्य सागरजी महाराजद्वारा प्रवर्तित अहिंसा रथको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

त्यस अवसरमा जैन मन्दिर कमिटी र नेपाल जैन परिषदका पदाधिकारीद्वारा पप्पू भैयाजी, नवराज शर्मा र चालक नरेन्द्र पटेललाई माला तथा खादा पहिर्‍याएर स्वागत सम्मान गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise