२०८१ फागुन ११ गते आइतवार / Feb 23 , 2025 , Sunday
२०८१ फागुन ११ गते आइतवार
Ads

रिंकु सदाय घटनाको निष्पक्ष छानबिनको माग

hardik ivf
मनु यादव निरज
२०८१ फागुन १० गते २१:३५
रिंकु सदाय घटनाको निष्पक्ष छानबिनको माग

सिरहा : सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरमा १७ वर्षीया किशोरी रिंकु सदायको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन गर्न जसपा नेपालले गम्भीर ध्यानाकर्षण गराएको छ । किशोरीमाथि गाउँकै तीन जना युवकले सामूहिक बलात्कारपछि हत्या गरेको आरोप लागेको छ । 

घटनालाई स्थानीय स्तरमै दबाउन पंचायतीको माध्यमबाट कुप्रयास गरिएको बताइएको छ । अन्ततः किशोरीको हत्या भएपछि घटना बाहिरिएको हो । 

जनता समाजवादी पार्टी, नेपाल (मधेश प्रदेश समिति) का अध्यक्ष बालकिशोर प्रसाद यादवले विज्ञप्ति जारी गर्दै अपराधीलाई उन्मुक्ति दिन खोज्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

‘यस्तो जघन्य अपराध हुँदा पनि प्रहरी–प्रशासन मौन बस्नु अत्यन्तै दुखद छ । बलात्कारीहरूलाई जोगाउने पंचहरू उपर जाहेरी दर्ता भए पनि अपराधीहरू अझै पक्राउ परेका छैनन्, जसले प्रहरीको उदासिनता देखाउँछ,’ विज्ञप्तिमा भनिएको छ । 

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै जसपाले कानुनी शासनको प्रत्याभूति गराउन सम्बन्धित सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ । 

ADV

सम्बन्धित खबर

Advertise