काठमाडौं : पत्रकार राजेन्द्र प्रजापतिलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका कोषाध्यक्ष, हाम्रो हेडलाइन डटकमका संचालक तथा एमआर एड्भटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक प्रजापतिलाई पितृ शोक परेको हो ।
उनका पिता ८९ वर्षीय गणेश प्रजापतिको शनिबार साँझ लमजुङ बेसिशहर ११ तीनपिप्लेस्थित आफ्नै निवासमा निधन भएको हो ।
लामो समयदेखि उपचाररत प्रजापति प्रोष्टेट क्यासरबाट पीडित थिए । स्व.प्रजापतिको पार्थिव शरीर आइतबार दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । स्व.प्रजापतिका श्रीमती, ५ छोरा र २ छोरी छन् ।