२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

ललितपुरमा चल्यो डोजर

hardik ivf
मध्यान्ह
२०८१ फागुन १२ गते १७:०३
ललितपुरमा चल्यो डोजर

ललितपुर  : ललितपुर महानगरले लगनखेलमा रहेको अव्यवस्थित संरचना हटाएको छ ।

लगनखेलमा अवस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तार गर्नका लागि पोखरी अगाडिका ५ नं. वडा कार्यालय भवनका साथै लगनखेल चोकसम्मको भवनहरू भत्काइएको छ । 

सो क्षेत्रमा रहेका पसल, टहरा र अन्य पक्की संरचना समेत महानगरको डोजरले भत्काएको छ । न्हु पोखरी महानगरले संरक्षण गरिरहेको र सर्वसाधारणले सहजरूपमा ऐतिहासिक महत्वको न्हु पोखरीलाई देख्नसक्ने गरि पोखरी अगाडीको संरचना हटाइएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । उनले ललितपुर महानगरका अन्य क्षेत्रमा रहेका ऐतिहासिक महत्त्वका स्थानलाई सहजरूपमा देखिने गरी काम हुने बताए । 

त्यस्तै ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाच्छेथुले ३१ असार २०८२ सम्म न्हु पोखरी पुननिर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको जानकारी दिए । पहिलो चरणमा सो क्षेत्रमा रहेका १२ वटा टहरा भत्काइएको उनले बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise