काठमाडौं : नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीच झडप भएको छ ।
स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिबीच झडप भएको हो ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको प्रहरीको भनाइ छ ।
झडपलाई नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ । स्थिति नियन्त्रणमा लिन रुपन्देहीबाट समेत थप प्रहरी खटाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार थप मद्दतका लागि ५० जना प्रहरी पठाइएको छ ।
केटा पक्षकाले केटी पक्षका घरमा आएर आगजानीको प्रयास गरेपछि झडप भएको बताइएको छ ।