२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

लुम्बिनीमा निजामती सेवा नियमावली निर्माण अन्तिम चरणमा

hardik ivf
मध्यान्ह
२०८१ फागुन १३ गते १७:११
लुम्बिनीमा निजामती सेवा नियमावली निर्माण अन्तिम चरणमा

दाङ : लुम्बिनी प्रदेशमा  स्थानीय निजामती सेवा ऐन कार्यान्वयनका लागि नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फागुनभित्रै नियमावली तयार गरी स्थानीय तहमा रहेका कर्मचारीको वृत्तिविकास तथा व्यवस्थापनलाई अघि बढाइने तयारी प्रदेश सरकारले गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्र र प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशले कर्मचारीमैत्री प्रदेश तथा स्थानीय निजामती सेवा ऐन निर्माण गरेको बताए । संघीय सरकारले बनाउने निजामती सेवा ऐनमा प्रदेशले समावेश गरेका नवीनतम व्यवस्था पनि समेट्न आवश्यक रहेको उनको भनाइ थियो ।

भौतिक पूर्वाधार विकासमन्त्री भूमीश्वर ढकालले सरकारका योजना सफल बनाउने मेरुदण्ड कर्मचारी प्रशासन भएको बताए । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष भवानी दाहालले ट्रेड युनियन अधिकारसहितको प्रणाली लागू हुनुपर्नेमा जोड दिइन् ।

निजामती कर्मचारी संगठन लुम्बिनीका अध्यक्ष नेत्रप्रसाद आचार्यले कर्मचारीको वृत्तिविकास र अधिकार संरक्षणका लागि प्रदेश निजामती सेवा ऐनले महत्त्वपूर्ण व्यवस्था गरेको उल्लेख गरे ।
 

ADV

सम्बन्धित खबर

Advertise