२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

अग्रेजी भाषा शिक्षकहरूको अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि

hardik ivf
मध्यान्ह
२०८१ फागुन १४ गते १५:१९
अग्रेजी भाषा शिक्षकहरूको अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि

काठमाडौं : अंग्रेजी भाषा शिक्षक, भाषाविज्ञ र अनुसन्धादाताहरूको सहभागितामा ं नेल्टा अन्तराष्ट्रिय सम्मेलन बिहीबारदेखि ललितपुरमा सुरु हुँदैछ । 

करिब १ हजार जना सहभागि रहने सम्मेलन फागुन १५ देखि १७ गतेसम्म चल्नेछ । सम्मेलनमा करिब २० देशबाट प्रतिनिधत्व रहने छ । सम्मेलनको नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने आयोजक नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)ले जानकारी दिएको छ ।

नेल्टा अध्यक्ष प्राध्यापक डा.लक्ष्मण ज्ञवालीले भने, ‘अंग्रेजी भाषा शिक्षणमा नखोजिएका विषयहरूका विषयमा सम्मेलन छलफल हुनेछ ।’ उनका अनुसार सम्मेलनमा नेपाल लगायतका अन्तर्राष्ट्रिय विज्ञहरूको अंग्रेजी शिक्षा, व्यावहारिक भाषा विज्ञान र विभिन्न विषय बस्तु र क्षेत्रहरू गरी २ सय भन्दा प्रस्तुति रहनेछन् ।

सम्मेलनमा नेपाललगायत बेलायत,  अमेरिका,  जापान,  सिंगापुर,  मलेसिया,  भारत,  इन्डोनेसिया, बङ्गलादेश,  थाइल्यान्ड, रुस,  मङ्गोलिया, श्रीलंकाका मुख्य वक्ताहरू, विशेष वक्ताहरू र प्यानलिस्टहरू गरी एक हजारभन्दा बढी सहभागी हुनेछन् ।

नेल्टाका केन्द्रीय उपाध्यक्ष डा. भीम गौतमले नेपालका तर्फबाट प्राध्यापकहरू तीर्थराज खनियाँ, जयराज आचार्य, लक्ष्मण ज्ञवालीलागयत कि नोट स्पिकरका रूपमा सहभागी हरने बताए । गौतमका अनुसार ‘नेपाली सन्दर्भमा अंग्रेजी शिक्षाबारे पुनर्विचार ः नेपालको बहुभाषिक शिक्षा व्यवसथापन’ शीर्षकमा समेत छुट्टै प्यानल आयोजना हुनेछ ।

आयोजकका अनुसार सम्मेलनका क्रममा सङ्गोष्ठि, अन्तक्र्रिया, पोष्टर प्रदर्शनी र कविता सत्र जस्ता कार्यक्रमहरू सञ्चालन हुनेछन् । ‘स्लाम पोएट्री’ सेसनमा प्राध्यापक विष्णु एस राई, कवि मोमिला जोसी र नवराज पराजुलीले रचना वाचन गर्नेछन् । 

ADV

सम्बन्धित खबर

Advertise