२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

केआईआईटीका विद्यार्थीलाई आवेदन दिन ३ विश्विद्यालयको आह्वान

hardik ivf
मध्यान्ह
२०८१ फागुन १४ गते १५:४४
केआईआईटीका विद्यार्थीलाई आवेदन दिन ३ विश्विद्यालयको आह्वान

काठमाडौं : भारतको उडिसाको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई नेपालमै पढ्न ३ विश्वविद्यालयले आवेदन दिन आह्वान गरेको छ ।

ती विश्वविद्यालयहरूले सूचना जारी गरी नेपालमै क्रेडिट आवर ट्रान्सफर लिन खोजेको खण्डमा केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई आवेदन दिन आह्वान गरेका हुन् । 

पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले क्रेडिट आवर ट्रान्सफर गर्न दिने भन्दै सूचना जारी गरेका हुन् । 

केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्यालाई समाधान गर्न त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले जानकारी गराउन भनेका छन् । त्यस्तै काठमाडौं विश्वविद्यालयले पनि त्यसका लागि ओपन हाउस छलफलको आयोजना गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती विश्वविद्यालयहरूसँग समन्वय गरेर केआईआईटी विश्वविद्यालयबाट प्रभावित विद्यार्थीहरूले आफ्नो अध्ययनलाई निरन्तरता दिन नेपालमै क्रेडिट ट्रान्सफर नीति अनुसार त्रिवि र पूर्वाञ्चलमा शैक्षिक कार्यक्रमहरू सुचारु गर्न सक्ने जनाएको छ । 

सम्बन्धित विद्यार्थी र अभिभावकहरूले थप जानकारीका लागि सम्बन्धित विश्वविद्यालयमा सम्पर्क गर्न सकिनेछ । 

केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएको थियो । लम्सालको मृत्यु अस्वभाविक भएको भन्दै न्यायको लागि आन्दोलन गरेका नेपाली विद्यार्थीमाथि केआईआईटी प्रशासनले दमन गरेको थियो । उनीहरूलाई तत्काल होस्टेल तथा विश्वविद्यालय छोड्न निर्देशन दिइएको थियो । त्यसपछि बाध्य भएर सयौँ नेपाली विद्यार्थीहरू विश्वविद्यालय छोड्न बाध्य भएका थिए । 

अब तत्काल ती विश्वविद्यालयमा फर्किन नसक्ने वा नचाहने विद्यार्थीलाई बाँकी पढाई नेपालमै पुरा गर्न सकिने व्यवस्था गरिएको हो । नेपाल फर्किएका विद्यार्थीहरूले समेत नेपालमै क्रेडिट ट्रान्सफरको व्यवस्था गरिदिन अनुरोध गर्दै आएका छन् । सोही आधारमा शिक्षा मन्त्रालयले नेपाली विश्वविद्यालयहरूसँग छलफल गरेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise