२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

अनुगमन टोली पुग्दा औषधी पसल सञ्चालकको भागाभाग

hardik ivf
मध्यान्ह
२०८१ फागुन १४ गते १६:५४
अनुगमन टोली पुग्दा औषधी पसल सञ्चालकको भागाभाग

रौतहट : औषधी व्यवस्था विभाग वीरगंज कार्यालयले रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित औषधी पसलहरूको छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा धेरै औषधी पसल अनुमतिबिना नै सञ्चालनमा रहेको र आधा दर्जनभन्दा बढी औषधी पसल सञ्चालक बन्द गरेर भागाभाग भएको अनुगमन टोलीले जानकारी दिएको छ । 

वीरगंज शाखा कार्यालयका प्रमुख अरविन्द बानियाको नेतृत्वमा गएको अनुगमन टोलीले अवैध रूपमा सञ्चालनमा आएका औषधी पसलमा तालाबन्दी गरेको छ । अनुगमन टोलीले चपुर सिटी अस्पतालको औषधी पसल, डल्फिन फार्मेसी, आयु मेडिकल हलमा तालाबन्दी गरेको कार्यालय प्रमुख बानियाले जानकारी दिए । 

चपुर सिटी हस्पिटलले औषधी पसल, डल्फिन फार्मेसी र आयु मेडिकल हल पनि दर्ता नभएको देखिएपछि तालाबन्दी गरिएको बानियाले जानकारी दिए । 

यस्तै राजमार्गमै विगत लामो समयदेखि संचालित हाइवे ट्रमा सेन्टरमा रहेको औषधी पसल दर्ता प्रक्रियामा रहेका कारण ७ दिनभित्र दर्ता गर्न सचेत गराइ समय दिएको समेत कार्यालय प्रमुख बानियाले बताए । 

हिमालय मेडिकल हल लगायतका औषधी पसलहरूलाई कागजपत्र नवीकरण गर्न पनि ७ दिनको समय दिइएको छ । 

यसैबिच मौलापुरमा रहेको पटेल मेडिकल हल दर्ता नभएको र दर्ता नभएका औषधीहरू बिक्री वितरण गर्दै आइरहेको भेटिएपछि सञ्चालक ओमप्रकाश पटेलमाथि औषधी ऐन २०३५ अनुसार कारवाहीको लागि जिल्ला अदालत गौरमा मुद्दा दर्ता गरिएको छ ।

यसैगरी बौधीमाई नगरपालिकाको कोपवामा पनि २ वटा औषधी पसलमा सिलबन्दी गरिएको छ ।   तीन दिनभित्र रौतहटमा करिब २ दर्जनभन्दा बढी औषधी पसलको अनुगमन गरेको र दोषीलाई औषधी व्यवस्था ऐन २०३५ अनुसार कडा भन्दा कडा कारवाही हुने उनले जानकारी दिए ।
 

ADV

सम्बन्धित खबर

Advertise