२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

घरको छतमा ट्याक्टर खस्दा दुई बालिका घाइते

ADV
मध्यान्ह
२०८१ असार १६ गते १३:२२
घरको छतमा ट्याक्टर खस्दा दुई बालिका घाइते

बैतडी : बैतडीमा घरको छतमा ट्याक्टर खस्दा दुई बालिका घाइते भएका छन् । 

मेलौली नगरपालिका–३  तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णीमा चन्द  रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

ढुंगा बोक्दै गरेको ट्याक्टर एक्कासी सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ । ट्याक्टर छतमा खस्दा घरमा समेत क्षति पुगेको छ । प्रहरीले ट्याक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा उनी सामान्य घाइते भएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise