२०८१ फागुन १७ गते शनिवार / Mar 01 , 2025 , Saturday
२०८१ फागुन १७ गते शनिवार
Ads

मिटर ब्याजपीडितहरूले कब्जा गरे जग्गा

hardik ivf
सत्येन्द्र प्रताप सिंह
२०८१ फागुन १५ गते ०६:२०
मिटर ब्याजपीडितहरूले कब्जा गरे जग्गा

रौतहट : मिटर ब्याजपीडितहरुले जग्गा कब्जा गरेका छन् । रौतहट जिल्लाको उत्तरी भेगमा पर्ने चन्द्रपुरमा मिटर ब्याजबाट पीडित भई जग्गा लिलाम गराइएका २ जनाको जग्गालाई मिटर ब्या(जविरुद्ध किसान मजदुर आन्दोलन भोजपुरा कमान्डअन्तर्गतका कार्यकर्ताहरूले कब्जा गरेका छन् । 

सयौंको संख्यामा गएका पीडितले जग्गाधनीहरू क्रमशः डिल्लीकुमारी कार्की र अर्जुनप्रसाद फुयाँलको जग्गालाई कब्जा जमाउन लगाएका हुन् । कार्कीका साहु गौरका राधेश्याम साहले १ लाख रुपैयाँ दिएको र सोको बदलामा लाखौं मूल्य पर्ने १ कठ्ठा जग्गा लिलाम गराएको मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन भोजपुरा कमान्डअन्तर्गत जिल्ला अध्यक्ष शिवशंकर महतोले बताए । 

अर्का पीडित फुयाँलको २० लाख रुपैयाँ ऋण दिएको र सोको बदलामा करोडौं मूल्य पर्ने ७ कठ्ठा जग्गा रामबाबु साह कलवारले लिलाम गराएको महतोले बताए । ती दुवै जनाबारे प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आफूहरूले जग्गा कब्जा गरेको बताए । 

जग्गा कब्जा गर्नुुअघि उनीहरूले चन्द्रपुरमा नाराबाजी गर्दै प्रदर्शन पनि गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘मिटर ब्याजी साहुलाई जेल हाल ! किसानको भूमि फिर्ता गर ! तमसुक जाली खारेज गर ! अदालतको एकलौटी फैसला मान्दैनौं ! किसान मजदुर जिन्दावाद’लगायतका नाराहरू लगाएका थिए । 

जग्गा कब्जा गर्ने क्रममा उनीहरूले झण्डा र ब्यानर पनि गाडेका छन् । ब्यानरमा उनीहरूले ‘मिटर ब्याजी साहुले आपराधिक कृत्यद्वारा पीडितबाट हडपिएको यस जग्गा घर कब्जा गरी पीडितको भोगचलन सुनिश्चित गरिएको छ । तत्काल यसको किनबेच तथा हक हस्तान्तरणमा रोक लगाइएको ब्यहोरा सार्वजनिक जानकारीका लागि टाँस गरी सचेत गराइएको छ’ उल्लेख छ ।

मिटर ब्याजपीडितको सो समूहले ४० दिने जनजागरण अभियान संचालन गरिरहेको अध्यक्ष महतोको भनाइ छ । यसअन्तर्गत घर जग्गा कब्जा, सामूहिक जाहेरी दर्ता, जिल्ला प्रशासन कार्यालय र आदालत घेराउ जस्ता कार्यक्रमहरू राखिएको उनले जानकारी गराए ।

ADV

सम्बन्धित खबर

Advertise