२०८१ फागुन १७ गते शनिवार / Mar 01 , 2025 , Saturday
२०८१ फागुन १७ गते शनिवार
Ads

कतारमा नेपालीहरूको लगानीमा ‘नमस्ते नेपाल ज्वेलरी’सञ्चालन

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ फागुन १६ गते २०:२०
कतारमा नेपालीहरूको लगानीमा ‘नमस्ते नेपाल ज्वेलरी’सञ्चालन

दोहा कतार : वैदेशिक रोजगारीका लागि आकर्षक कर्मभूमि मानिएको मध्यपूर्वको देश कतारमा रोजगारीसँगै व्यवसाय गर्ने नेपालीहरूको संख्या बढ्दो क्रममा छ । 

साढे तीन लाख नेपाली रहेको कतारमा करिब १५ सय नेपालीहरूले व्यापार व्यवसाय गर्छन् । यही व्यवसायमध्ये सुनचाँदी व्यवसायमा नेपालीहरुको प्रत्यक्ष लगानी नभइ रहेको अवस्थालाई चिर्दै विजय वि.क (स्याङ्जा),रोहित गहतराज(पोखरा८ बगलेटोल), सुनिल कँडेल (चितवन) र कृष्णबहादुर श्रेष्ठ (स्याङ्जा) मिलेर कतारमा ‘नमस्ते नेपाल ज्वेलरी’ सुनचाँदी पसल सञ्चालनमा ल्याएका छन् । सल्वा रोडको बिएमडव्लु सोरुमको पारीपट्टी एनखालिद पट्टि रहेको अल नाइफ सुकभित्र शुक्रबार उक्त पसलको स्पोन्सर(संरक्षकत्व प्रदान गर्ने व्यक्ति कफिल)ले रिबन तथा केक काटेर उद्घाटन गरेका छन् । 

कफिलले व्यावसायिक सफलताको शुभकामना व्यक्त गरे । नेपालीहरूको बाक्लो बस्ती रहेको सनैया क्षेत्रको नजिक रहेको उक्त पसलमा आइपुग्ने ग्राहकहरूका लागि पर्याप्त पार्किङसहित विशेष सुविधा पनि उपलब्ध रहेको सञ्चालकहरूले बताए । सुनचाँदी व्यवसायमा ३० वर्ष भन्दा लामो समय व्यतित गरेका सञ्चालक मध्येका केहिले नेपालमा पनि सोही व्यवसाय गरेको अनुभव सुनाए ।

उनीहरूले कतारको पसलमा पनि नेपाली कालीगढ कार्यरत रहेको हुँदा नयाँ फेसनसहित नेपाली कला, संस्कृति झल्कने गहना १०० प्रतिशत बाइब्याक ग्यारेन्टीका साथ बिक्री गरिने बताएका छन् । रसायन बिना र बिना छलकपटविशुद्ध सुननै बिक्री गर्ने प्रतिबद्धता संचालकले गरेका छन् । 

एकपटक ग्राहकको विश्वास टुट्यो भने त्यो विश्वास पुनः पाउन गाह्रो हुने र महंगा गरगहना सदैव सबैले खरिद पनि नगर्ने र सधैं लगाएर पनि नहिँड्ने हुँदा विश्वासमा सदैव अडिग रहनुपर्ने उनीहरूको बुझाइ छ । 

कतिपय नेपाली श्रमिकको आय कम हुने हुँदा आफ्नो पसलमा आउने प्रत्येक नेपालीलाई प्रति रति १÷२ रियाल भएपनि कम दाममा बिक्री गर्ने उनीहरूले बताएका छन् । न्यून आय भएका र साथमा यातायात नभएका कसैले पनि टाढासम्म दुःख नपाओस् भन्ने आफ्नो चाहना रहेको बताउँदै ग्राहकहरूलाई कहिल्यै निराश नबनाउने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

टाढा–टाढाका ग्राहक पसलमा आएर फर्कन नपरोस् भन्ने हेतुले सुनको दररेट तथा आफूलाई आवश्यक गरगहनाका बारेमा ३१०००७८१ नम्बरमा फोन या ह्वाट्सएपमार्फत बुझेर आउन सकिने सुविधा रहेको उनीहरुले बताएका छन् । पसल बिहान ९ बजेबाट राति १० बजेसम्म हप्ताको सातै दिन खुल्ला रहनेछ ।
 

ADV

सम्बन्धित खबर

Advertise