२०८२ भदौ १६ गते सोमवार / Sep 01 , 2025 , Monday
२०८२ भदौ १६ गते सोमवार
Ads

चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवस मनाइँदै

shivam cement
सन्तोष पौडेल
२०८१ फागुन १६ गते २०:२५
चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवस मनाइँदै

बर्दिया : विश्व वन्यजन्तु दिवसको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका युवाहरुले चोरी शिकार नियन्त्रण युवा परीचालन अभियान दिवस मनाउने भएका छन् । 

निकुञ्ज आसपासका युवाहरु स्वःस्फुर्त ढंगबाट वन, वन्यजन्तु संरक्षण गर्न भन्दै निकुञ्ज संरक्षण अभियानमा जुटेको १६ वर्ष पुगेको छ । सोही अवसरमा यहि फागुन १९ गते गेरुवा गाउँपालिका ६ स्थित कल्पेश्वर खेल मैदानमा दिवस मनाउन लागिएको हो । 

चोरी शिकार नियन्त्रण अभियानमा स्वतःस्फुर्त रुपमा युवाहरु जुटेको दिनलाई सम्झना गर्दै फागुन २७ गते चोरी शिकार नियन्त्रण युवा परिचालन अयिभान दिवस मनाउँदै आइएको थियाे। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका युवाहरुले नेपाल सरकारले विश्व बन्यजन्तु दिवसकै दिन चोरी शिकार नियन्त्रण युवा अभियान मनाउने निर्णय गरेपछि २०७१ बाट मार्च ३ का दिन दुवै दिवस एकसाथ मनाउन थालिएको हो । 

चोरी शिकारको अन्त्य गर्न वन र वन्यजन्तु जोगाउन २०६५ सालदेखि युवाहरुले थालेको यस अभियानमा निकुञ्ज आसपासका बर्दिया र सुर्खेतको उत्तरी क्षेत्रका मध्यवर्ती क्षेत्रमा रहेका १९ वटा उपभोक्ता समिति र १९ वटै चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जालका झण्डै ३ हजार ५ सय युवाहरु सहभागी रहने चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल बर्दियाका अध्यक्ष हेमन्त आचार्यले बताए ।

उनका अनुसार दिवसका अवसरमा संरक्षण सम्बन्धी विभिन्न झाँकी प्रदर्शनी, संरक्षण सचेतना ¥याली र स्थानीय कलाकारहरुद्वारा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ । 
 

ADV

सम्बन्धित खबर

Advertise