२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

आँखा अस्पतालको शल्यक्रिया भवन शिलान्यास

hardik ivf
मध्यान्ह
२०८१ फागुन २१ गते १७:१६
आँखा अस्पतालको शल्यक्रिया भवन शिलान्यास


काठमाडौं L दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको राप्ती आँखा अस्पतालमा अपरेसन थिएटर भवन निर्माण भएको छ । 

भारतको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा भवनको शिलान्यास गरे ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको ४.३३१ करोड रुपैयाँको आर्थिक सहयोगमा अस्पतालको अपरेशन थिएटर भवन निर्माण भएको हो । 

भारत सरकारको अनुदानबाट अपरेशन थिएटर भवन र अन्य सम्बद्ध सुविधाहरू निर्माण भएको हो । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढेको छ र तुलसीपुर उप–महानगरपालिका, दाङ मार्फत कार्यान्वयन भइरहेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपाली जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गरे । उनीहरूले निर्माण भइरहेको पूर्वाधारले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएका छन् र ४९५ वटा परियोजनाहरू सम्पन्न भइसकेका छन् । यी मध्ये ६२ वटा परियोजना लुम्बिनी प्रदेशमा छन् । 

भारत सरकारले विभिन्न समयमा लुम्बिनी प्रदेशमा १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । यी मध्ये दाङमा १९ वटा एम्बुलेन्स र ४ वटा स्कूल बस उपहारस्वरुप प्रदान गरिएको छ । दाङको राप्ती आँखा अस्पताललाई प्रदान गरिएको एउटा एम्बुलेन्स समावेश छ ।
 

ADV

सम्बन्धित खबर

Advertise