२०८१ फागुन २३ गते शुक्रवार / Mar 07 , 2025 , Friday
२०८१ फागुन २३ गते शुक्रवार
Ads

मानवसेवा आश्रमको अधुरो भवन निर्माणार्थ महायज्ञ

hardik ivf
घनश्याम बलम्पाकी
२०८१ फागुन २२ गते २१:२९
मानवसेवा आश्रमको अधुरो भवन निर्माणार्थ महायज्ञ

सर्लाही : मानवसेवा आश्रमको अधुरो भवनको निर्माण कार्य पूरा गर्न सहयोग जुटाउने उद्देश्यले सर्लाहीको हरिवनमा बिहीबारबाट महायज्ञ सुरु भएको छ ।

हरिवन नगरपालिका–९ दनुवारीमा १ करोड रुपैयाँ खर्चिएर अधुरो काम भएको आश्रमको भवन निर्माण सक्न आवश्यक पर्ने थप रकम जुटाउन श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएको हो । 

सडक आश्रित मानवलाई आश्रय दिएर राख्ने भवनको निर्माण कार्य सक्न अझ करिब ११ करोड रुपैयाँ आवश्यक रहेको मानवसेवा आश्रमले जनाएको छ ।

फागुन २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा सो रकम संकलन हुने अपेक्षा रहेको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।  महायज्ञमा प्रमुख कथावाचकको रुपमा भागवत भाष्कर कमलनयन गौतम रहेको छ । महायज्ञमा हरेक दिन बिहान योग शिविर तथा विद्यार्थीलाई उत्पे्ररणात्मक कार्यक्रम गर्ने तयारी गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले जनाए । महायज्ञको बिहीबार मध्यान्ह शोभा कलशयात्रा निकालेर उद्घाटन भएको थियो । 

महायज्ञमा सरिक हुन इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलसहित अन्य कलाकार र वरिष्ठ पत्रकारहरुको समेत सहभागिता रहेको थियो । 

यसैबीच हरिवन ११ स्थित सूर्तिविका खेल मैदानमा मानवसेवा आश्रमको भवन निर्माणमा लागि सहयोग जुटाउन लागिएको श्रीमद् भागवत सप्ताहज्ञान महायज्ञकै समारोह कार्यक्रममा हरिवन नगरपालिकाकालाई सडक मानवमुक्त पालिका घोषणा गरिएको छ । 

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)ले महायज्ञ उद्घाटन कार्यक्रमको अवसर पारेर मधेश प्रदेशकै पहिलो पालिका हरिवन सडक मानवमुक्त बन्ने दाबी गरे । 

ADV

सम्बन्धित खबर

Advertise