२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

प्रहरी अस्पतालमा एमडी/एमएस पढाइ हुने

पीजी अध्ययन गर्ने कोटा पनि थप

hardik ivf
मध्यान्ह
२०८१ फागुन २७ गते १६:१९
प्रहरी अस्पतालमा एमडी/एमएस पढाइ हुने


काठमाडौं : नेपाल प्रहरी अस्पतालमा अब एमडी÷एमएस पढाइ हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले महाराजगञ्जस्थित प्रहरी अस्पतालमा एमडी÷एमएस कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा मंगलबार नेपाल प्रहरी अस्तपाल र न्याम्सबीच सम्झौता भएको छ ।

नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर सुन्दरप्रसाद होजु र न्याम्सका तर्फबाट शिक्षाध्यक्ष डा. लोचन कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

न्याम्सका उपकुलपति प्रा‍.डा.भुपेन्द्रकुमार बस्नेत र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले संरक्षकका रूपमा हस्ताक्षर गरे ।

अहिले प्रारम्भिक सम्झौता भएको न्याम्सका उपकूलपति डा.बस्नेतले बताए । सम्झौतापछि प्रहरी अस्तपालमा कुन विषय कति सिट सञ्चालन गर्न सकिने भनेर अध्ययन गरिने उनले जानकारी दिए ।

कोटा थप

प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थप गरिएको छ । चिकित्सा अध्ययन प्रतिष्ठान (न्याम्स) र नेपाल प्रहरी अस्पतालबिच यस सम्बन्धमा सम्झौता भएको छ ।

हाल १२७ जनाले चिकित्सक तथा नर्सिङमा पीजी अध्ययन गर्दै आइरहेकामा आवश्यक फ्याकल्टी थप गर्न दुई पक्षबिच सम्झौता भएपछि अब यो संख्या २५० पुग्ने भएको छ । 

सम्झौताअनुसार न्याम्सले नेपाल प्रहरी अस्पतालमा फ्याकल्टी थपको अनुमति दिएको छ । अस्पतालको विकासमा समेत सघाउने न्याम्सले सम्झौता गरेको छ ।

प्रहरी अस्पतालले भने रेजिडेन्टलाई चिकित्सा विद्यार्थीलाई सरकारी नियमानुसार भत्ता उपलब्ध गराउने सम्झौता पनि गरेको छ । सम्झौतामा नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल निर्देशक एआइजी डा. सुन्दरप्रसाद ह्योजु तथा न्याम्सका तर्फबाट रेक्टर प्राडा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले देशमै दक्ष चिकित्सकको अभाव पूर्ति गर्न विद्यार्थी कोटा थप गर्ने गरी निर्णय भएकामा हालसम्म ४ सय पीजी विद्यार्थी थप अध्ययन गर्ने वातावरण बनेको बताए । यस सम्झौताले थप दक्ष चिकित्सक उत्पादन हुने वातावरण तयार पार्ने उनले विश्वास व्यक्त गरे ।

ADV

सम्बन्धित खबर

Advertise