२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

रोल्पामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ असार १७ गते २२:४३
रोल्पामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं : सडकबाट खसेर जिप दुर्घटना हुँदा रोल्पामा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो भने बाँकी दुई जनाको अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार जिपमा १५ जना यात्रुहरु सवार थिए । त्यसमध्ये सात जनाको मृत्यु भएको हो । चालकसहित ८ जना घाइते छन् ।

माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङका लागि हिडेको लु १ ज ३२५२ नम्बरको जिप बेलुकी माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानमा सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भैरहवा रिफर गरिएको छ ।

पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप रोकिएको र ब्याक गर्ने क्रममा भिरबाट तल खसेको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise