२०८१ चैत ५ गते मङ्गलवार / Mar 18 , 2025 , Tuesday
२०८१ चैत ५ गते मङ्गलवार
Ads

पूर्वराजालाई सिटौलाको सुझाव–राजनीतिक मैदानमा आउनुस्

draupadi film
मध्यान्ह
२०८१ चैत ४ गते १६:१९
पूर्वराजालाई सिटौलाको सुझाव–राजनीतिक मैदानमा आउनुस्


काठमाडौं : नेपाली कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको गम्भीर र निर्मम समीक्षा गर्ने बेला आएको बताएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै नेता सिटौलाले संविधान जारी भइसकेपछि संसद्का प्रायः सबै पार्टीहरूले सरकारको नेतृत्व गरेको भएपनि अपेक्षाकृत उपलब्धी दिन नसकेको बताए । उनले संविधानले प्रत्याभूत गरेको जनताको हक र अधिकार दिन सकियो कि सकिएन, यसको समीक्षा गर्न अब विलम्व गर्न नहुनेमा जोड दिए ।

उनले भने, ‘संविधान जारी भइसकेपछि यहाँसम्म आइपुग्दा हामी सबैले जसरी भएपनि सरकारको नेतृत्व गरेकै छौं । यो संविधानको कार्यान्वयनबाट हामीले जनतालाई के कति उपलब्धि दिनसक्यौं ? संविधानले ल्याएका संरचना र यसको भावको समीक्षा गर्ने बेला आएको छ । हामीले संविधानलाई जनताको हितमा प्रयोग गरेका छौं कि छैनौं ? हामीले नयाँ संविधानबाट जनताको स्वास्थ्यमा, शिक्षामा हामीले जनताको अधिकार प्रचलनमा ल्याउन सकेका छौं कि छैनौं ? यसको गम्भीर र निर्मम समीक्षा गर्ने बेला भएको छ ।’

सिटौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिबारे टिप्पणस् गर्दै परिवर्तनकारी दलहरूले गम्भरीतापूर्वक ध्यान दिन नसकेको बताए ।

उनले पूर्वराजा शाहले पनि स्पष्ट रूपमा जनतासामु आफू पनि राजनीतिको मैदानमा आएको भन्नुपर्ने बताए । ‘पूर्वराजा शाहले समेत राजनीतिक दलहरूजस्तै जनतासामु नीति तथा कार्यक्रम पेश गरेर आउनु ठिक हुन्छ’, सिटौलाले भने । 

उनले संविधान मान्ने र परिवर्तनको पक्षमा रहेका दलहरू समेत एकजुट भएर उभिने बेला आएको बताए । पूर्वराजातर्फ संकेत  गर्दै उनले भने, ‘उहाँले जनतासामु म अब राजनीतिक खेलाडीको रूपमा मैदानमा आएको भन्न सक्नुपर्छ । उहाँले मेरो नीति तथा कार्यक्रम यो हो भनेर भन्न सक्नुपर्छ । तर राजा आउँछ है भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने गर्नु हुन्न ।’
सिटौलाले सरकारले स–सम्मान विदाई गरेको पूर्वराजालाई केही गर्छु भनेर गाडीमा उभिएर हिँड्न खोज्नु शोभनीय विषय नभएको र जनता भड्काउने काम गरेको बताए ।

उनले पूर्वराजाले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नु नै उचित हुने सुझाप दिए । तत्कालीन अवस्थामा आफू गृहमन्त्री हुँदा प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा ज्ञानेन्द्र शाहसँग वार्ता गरेर निवास र सुरक्षा प्रबन्धको ज्ञारेन्टी गरेको उनले स्मरण गरे । 

ADV

सम्बन्धित खबर

Advertise