२०८१ चैत ५ गते मङ्गलवार / Mar 18 , 2025 , Tuesday
२०८१ चैत ५ गते मङ्गलवार
Ads

१५ चैतमा लाखौं जनता उतार्छौं : नेकपा एस

draupadi film
मध्यान्ह
२०८१ चैत ४ गते १७:०८
१५ चैतमा लाखौं जनता उतार्छौं : नेकपा एस

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले राजावादीहरूलाई काउन्टर दिन १५ चैतमा काठमाडौंमा हुने समाजवादी मोर्चाको विरोधसभामा एक लाखभन्दा धेरै जनता उतार्ने दाबी बताएको छ ।

पार्टी कार्यालय सोमबार बसेको पार्टीको स्थायी कमिटी बैठकले १५ चैतमा काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गर्ने विरोधसभालाई सफल बनाउन लाखौं जनतालाई उतार्ने सहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो ।

स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष जगन्नाथ खतिवडाले जनता गणतन्त्रकै पक्षमा छन् भन्ने देखाउन सकमाजवादी मोर्चाले विरोधसभा गर्न लागेको बताए । उनले दलहरूसँग जनता छैन भन्ने भाष्यलाई १५ चैतले झल्को दिने बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने तर राजतन्त्र फर्किने सम्भावना नभएको उपाध्यक्ष खतिवडाले बताए ।

उनले राजावादीको प्रदर्शनले दलहरू नडराएको भन्दै गणतन्त्र पक्षधरहरूले जनताको चेतना देखाउनका लागि प्रदर्शन गर्न लागिएको धारणा राखे ।  

ADV

सम्बन्धित खबर

Advertise