२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

आगलागी पीडितलाई सहयोग

ADV
प्रचण्ड खत्री
२०८१ असार १८ गते २०:४४
आगलागी पीडितलाई सहयोग

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं ३ नेपानेका आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाने निवासी धन बहादुर बोहरा र युवराज वि.क घरमा गत वैशाखमा आगलागी हुँदा करोडौंको क्षति भएको थियो । 

नेकपा माओवादी केन्द्र बाँफिकोटका अध्यक्ष चन्द्रबहादुर केसीले आर्थिक सहयोग संकलन गरेका थिए । अध्यक्ष केसीले हालसम्म ४३ हजार सहयोग संकलन भएको र ढिलै भएपनि दुःखमा मलहम लगाउन सकिएको बताए । उनका अनुसार उक्त रकम केही अमेरिका गएका र केही स्थानीयले सहयोग गरेका थिए । 

उनका अनुसार सहयोग गर्नेहरुमा वडा नं ५ स्यार्पु घर भइ हाल अमेरिकामा रहेका डम्बर केसी ५ हजार रुपैयाँ, स्यानीदह वडा नं ३ का लाल बहादुर वलीले ५ हजार, स्यार्पु ५ का प्रकाश केसीले ५ हजार, स्यानिदह ३ का आशीष केसीले ३ हजार, वडा नं ३ डार्नेका चन्द्र बहादुर केसीले १० हजार, भुपेन्द्र केसीको संयुक्त टिमबाट १५ हजार रुपैयाँ सहयोग प्राप्त भएको हो । उक्त रकम तीन नम्बर वडा कार्यालयमा एक कार्यक्रमबीच हस्तान्तरण गरिएको अध्यक्ष केसीले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise