२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

जन्मदिनको अवसरमा प्रधानाध्यापकद्वारा छात्रवृत्ति कोष स्थापना

ADV
मध्यान्ह
२०८१ असार २० गते १५:४७
जन्मदिनको अवसरमा प्रधानाध्यापकद्वारा छात्रवृत्ति कोष स्थापना

मकवानपुर : मकवानपुरको थाहा नगरपालिकाको अग्रणी विद्यालय जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले आफ्नो जन्मदिनको अवसरमा ५५ हजार ५ सय ५५ रुपैयाँको छात्रवृत्ति अक्षयकोषको स्थापना गर्ने घोषणा गरेका छन् ।

प्रधानाध्यापक कार्कीले बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर आफैंले अध्ययापन गराउने विद्यालय जनकल्याण माध्यमिक विद्यालयमा उक्त छत्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

प्रधानाध्यापक कार्कीले विद्यालयलाई समाज परिवर्तनका लागि सकारात्मक परिवर्तन गर्ने चहाना भएको, तर आर्थिक अभावले उक्त चाहना पूरा गर्न असमर्थ भएकाहरुका लागि बीउ पुँजीको रुपमा आफ्ना पिता स्व. कृष्णबहादुर कार्की र माता स्व. ताराकुमारी कार्कीको स्मृतिमा ‘कृष्णतारा विपन्न एवम् जेहेन्दार छत्रवृत्ति कोष’ स्थापना गर्ने घोषणा गरेको बताए ।

अक्षयकोषमा आगामी वर्ष पनि रकम थप गरी एक लाख पुर्‍याउने बताउँदै उनले सबै सहयोगी मनहरुलाई छात्रवृत्ति कोषमा सहयोग गर्न अनुरोध गरे । उनले थाहा नगरमा विज्ञान तथा प्रविधि र साधारणतर्फ उत्कृष्ट हुने विद्यार्थीहरुका साथै आर्थिक समस्याका कारण विद्यालयको पहुँचमा पुग्न कठिन भएकाहरुलाई छात्रवृत्ति कोष सहयोगी हुने बताए । 

जनकल्याण माध्यमिक विद्यालयका पूर्वविद्यार्थी एवम् २०४० सालदेखि हालसम्म यसै विद्यालयमा शिक्षण कार्यमा रहेका कार्की २०५७ सालदेखि प्रधानाध्यपकको जिम्मेवारीमा छन् । प्रधानाध्यापक कार्की अखिल नेपाल शिक्षक संघको केन्द्रीय अध्यक्ष, विश्व शिक्षक महासंघ, नेपाल समन्वय समितिका अध्यक्ष, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको पदेन सदस्य समेत हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise