२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

रारामा पौडी खेल्ने क्रममा युवकको मृत्यु

ADV
प्रेमराज कार्की
२०८१ असार २० गते २०:३३
रारामा पौडी खेल्ने क्रममा युवकको मृत्यु

मुगु : मुगुको रारा तालमा पौडी खेल्ने क्रममा एकजनाको डुबेर मृत्यु भएको छ । तालको पूर्वी भागमा पर्ने ठाकुरनाथ नजिकै किनारमा पौडी खेल्दै गर्दा छाँयानाथ रारा नगरपालिका–५ कार्कीबाडाका २१ वर्षीय शिशिरजंग रावलको डुबेर मृत्यु भएको हो । 

मृतक रावल रारा ताल वरिपरि निर्माणाधीन अवस्थामा रहेको साइकल लेनमा काम गर्दै थिए । अन्य चारजना साथीहरूसँगै पौडी खेल्ने क्रममा रावलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

दिउँसो २ बजेको घटनाबारे जानकारी  पाउनेबित्तिकै नेपाली सेनाको हनुमानध्वज गुल्मबाट २ वटा  डुंगासहित नेपाली सेना घटनास्थल पुगेको थियो । 

रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगी तालबाट शव बाहिर निकालेको थियो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मुगु लगिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise