२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

चौरजहारीको मालिका जंगलमा कंकाल फेला

ADV
प्रचण्ड खत्री
२०८१ जेठ २२ गते २०:२७
चौरजहारीको मालिका जंगलमा कंकाल फेला

रुकुम पश्चिम : रुकुम पश्चिममा एक पुरुषको कंकाल भेटिएको छ । जिल्लाको चौरजहारी नगरपालिका –५ स्थित मालिका सामुदायिक वनमा कंकाल फेला परेको हो । 

उक्त कंकाल चौरजहारी नगरपालिका –१४ नाउली निवासी ७४ वर्षीय कर्ण बहादुर पुनको रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलले बताए ।

पुन गत वैशाख ९ गतेदेखि पुरुष हराएका थिए । हराएको करिब डेढ महिनापछि उनको शव जलेर कंकाल अवस्थामा फेला परेको हो । उनको मानसिक समस्या रहेको आफन्तको भनाइ छ । प्रहरी र आफन्तको निरन्तरको खोजिपछि जंगलमा उनको शव जलेको अवस्थामा फेला परेको हो ।

शव जलेको अवस्थामा फेला परेको र आफन्तले दाँतको आधारमा पहिचान गरेको डिएसपी पोखरेलले बताए । पुनको एउटा खुट्टा र दाँत मात्र बाँकी रहेको अवस्थामा शव फेला परेको हो । सनाखत र आवश्यक कागजी प्रक्रिया पश्चात पुनका आफन्तले शव बुझेको बताइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise