२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रुकुम पश्चिममा १० घर पहिरोको उच्च जोखिममा

ADV
प्रचण्ड खत्री
२०८१ असार २३ गते १४:१४
रुकुम पश्चिममा १० घर पहिरोको उच्च जोखिममा

रुकुम पश्चिम : केही दिनदेखि निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको दुई बस्तीका १० घर पहिरोको उच्च जोखिममा परेका छन् । आठविसकोट नगरपालिका-१४ को गाउँबारी र मुसीकोट नगरपालिका-११ को रिठाबोट बस्तीका १० घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले अविरल वर्षाका कारण आठविसकोटका पाँच र मुसीकोटका पाँच घर उच्च जोखिममा रहेको जानकारी दिए ।

मुसीकोटको रिठाबोटका कर्णबहादुर खत्री, वीरबहादुर खत्री, दलबहादुर खत्री, तेजबहादुर खत्री र रामबहादुर खत्रीको घर पहिरोको उच्च जोखिममा रहेका छन् । उनीहरुमध्ये दुई घरपरिवारलाई स्थानीयको घरमा सारिएको छ । 

त्यसैगरी आठविसकोटको गाउँबारीका बालकृष्ण मल्ल, परु मल्ल, बिन्दु मल्ल, भैराम मल्ल र भद्रु मल्लको घर पहिरोको उच्च जोखिममा परेका छन् । वडा अध्यक्ष हुकुम बहादुर पुनका अनुसार गाउँमाथिको सडकबाट आएको पहिरोले गाउँ पनि जोखिममा रहेको छ । निरन्तरको झरी र पहिरोका कारण अस्थायी टहरामा बस्दै आएका भूकम्प पीडितहरुको दैनिकी थप प्रभावित बनेको छ । 

पहिरोकै कारण बिहीबार राति आठविसकोट नगरपालिका-१४ माझगाउँ ज्यामिरकोटमा रहेको बालहित आधारभूत विद्यालयमा बनाइएको अस्थायी सिकाइ केन्द्र भत्किएको थियो ।  विद्यालयका प्रधानाध्यापक यमुना मल्लका अनुसार पहिरोले अस्थायी टहरा भत्काउँदा कक्षाकोठाका डेस्क बेन्च र निर्माणाधीन विद्यालय भवनका लागि जम्मा गरिएका लाखौं मूल्यका सामग्रीहरुमा क्षति पुगेको छ । वर्षासँगै आएको पहिरोका कारण जिल्लाका अन्य बस्तीहरु समेत जोखिममा रहेको बताइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise